नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैङ्किङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर भएकी काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीय मन्दिरा केसी कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले भक्तपुरको साबिक चाँगुनारायण गाविस–७ र ९ मा रहेका जग्गाको धितो राखेर ऋण निकालेर लगानीको दुरुपयोग गरेकाले पक्राउ गरिएको जानकारी दिएका छन । “मन्दिराले आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालिको नाममा ऋण बनाएर लगानी नगरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने ।
मुद्दामा साबिक पुनरावेदन अदालत पाटनको २०७१ साल वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र चार करोड जरिवाना हुने ठहर गरेको थियो । शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ परेकी मन्दिरालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं