राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुरु गरेका छन । अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौँ लैजान दबाबमूलक पदयात्राका लागि पार्टीको सम्पूर्ण टिमसहित लामिछानेले मेलम्चीबाट अभियान सुरुवात गरेका हुन । पार्टीले सांसद सोभिता गौतमको संयोजकत्वमा मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गरेको हो ।
पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तीन/तीन वटा राष्ट्रिय महत्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । अभियानको सुरुवातमा पार्टीले २१ वटै आयोजनाको दबाब ब्यानर सम्बन्धित केन्द्रीय सदस्य र सांसदलाइ हस्तान्तरण गरेको हो ।
दबाब यात्रामा पार्टी सभापति लामिछानेसहित पार्टीका केन्द्रीय सदस्य र सांसदहरू सहित पार्टीको विभिन्न तहका पदाधिकारी सहभागी भएको जिल्ला संयोजक माया गुरुङले जानकारी दिइन । पदयात्राका क्रममा सभापति लामिछानेसहितको टोलीलाई स्थानीय बस्तीका बासिन्दाको ठाउँठाउँमा भव्य स्वागत गरेका थिए भने लामिछानेले स्थानीय बासिन्दाको सुझाव तथा गुनासा संकलन गरेका छन ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं