अमेरिकाबाट निर्वाचित भए छ जना महासमिति सदस्य

अमेरिकाबाट निर्वाचित भए छ जना महासमिति सदस्य

पूर्व संयोजक सुवेदी भए पराजित

Mahasemeti member

नेपाली कांग्रेस महासमिति सदस्यका लागि अमेरिकाबाट अध्यक्ष सहित छ जना निर्वाचित भएका छन् । बिहिवार भएको मतदान प्रकृया अनुसार, बिधानत जनसम्पर्क समिति अमेरिका अध्यक्ष सहित अन्य पाँच जना निर्वाचित भएका हुन ।

पार्टीको बिधान अनुसार, जनसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट स्वतः महासमिति सदस्य चयन भएका हुन् । अन्य निर्वाचित हुने अन्य पाँच जनामा जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपसभापति धनन्जय नरसिहं केसी, महासचिव मुनेन्द्र नेम्वाङ, प्रवक्ता एवं प्रचार बिभाग प्रमुख गौतम दाहाल, कांग्रेस नेता बिद्यासागर योञ्जन र भरत अर्याल छन् । निर्वाचन प्रकृयामा सहभागि भएका जनसम्पर्क समितिका पूर्वसंयोजक बिष्णु सुवेदी भने पराजित भएका छन ।

निर्वाचन समितिका संयोजक डाक्टर बिनोद शाहले दिएको जानकारी अनुसार, उपसभापति केसी, महासचिव नेम्वाङ र प्रवक्ता दाहालले शतप्रतिशत अर्थात ११ भोट प्राप्त गरेका छन् । यस्तै कांग्रेस नेता योञ्जनले १० र अर्यालले ९ भोट प्राप्त गरे भने, जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक सुवेदीले ३ भोट मात्रै प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौंमा हुँदैछ । आसन्न महासमिति बैठकमा सहभागि हुने सदस्य छान्नका लागि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरु मतदाता थिए । १४ जना महाधिवेशन प्रतिनिधि मध्ये १२ जना भोटिङका लागि योग्य थिए । अन्य दुई जना महाधिवेशन प्रतिनिधि मध्ये एक स्वर्गिय कृष्ण लामिछाने हुन भने अर्का महाधिवेशन प्रतिनिधि विश्व बास्तोलाको अमेरिकी नागरिकता विवाद आएपछि उनले बिगतमा गल्ती गरको भएपनि अब उप्रान्त नैतिकताका आधारमा निर्वाचन प्रकृयामा सहभागि नहुने बताउँदै आएका थिए ।

कांग्रेस नेता यादव पण्डित निर्वाचन प्रकृयामै सहभागि भएनन् । पण्डितले आफु निर्वाचन प्रकृयामा सहभागि नहुने र भोट पनि नहाल्ने भनेर पार्टीको आन्तरिक बैठकमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
30 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 30 Nov 2025 00:00 UTC
Latest change: 29 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.14
Indian Rupee 
Indian Rupee
89.42
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.27
US Dollar 
US Dollar
1
30 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 30 Nov 2025 00:00 UTC
Latest change: 29 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀