पञ्चकोटमा १३५ फिट अग्लो कलश निर्माण हुने

पञ्चकोटमा १३५ फिट अग्लो कलश निर्माण हुने

panchakot

ढोरपाटन । बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो ।

तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ ।

मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना रु दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै रु चार करोड लाग्ने बताए ।

कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ । हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताए ।

पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब रु ५५ करोड खर्च भएको उनको भनाइ छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घन्टीसमेत राख्ने तयारी छ ।

संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँंदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताए । कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने उनी बताउछन् ।

अध्यक्ष दाहालले भने, “नौ वर्षदेखि यहाँ लगातार संरचना निर्माण भइरहेका छन्, करोडौँको संरचना बनिसकेका छन्, अझै धेरै बन्ने चरणमा छन्, अहिले कलश निर्माणलाई जोड दिएका छौँ, कलश निर्माणका लागि आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञ गर्ने तयारीमा छौँ, यसका लागि राष्ट्रव्यापी कलश यात्रा सुरु भएको छ, यो महान् अभियानमा जोडिन सबैलाई आग्रह गछौँ ।”

पञ्चकोट क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले यस क्षेत्रलाई धार्मिक पर्यटक गन्तव्यका रुपमा विकास गर्न संरचना निर्माणमा जुटेको बताए।

विश्वका धार्मिक पर्यटकलाई एकपटक पञ्चकोटको दर्शन गराउने उद्देश्यले करिब एक दशकदेखि निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

हालसम्म दाता तथा प्रदेश र केन्द्र सरकारको सहयोगमा पञ्चकोटमा विभिन्न संरचना निर्माण भएको प्रपन्नाचार्य बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
18 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 17 Nov 2025 18:45 UTC
Latest change: 17 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.82down
Indian Rupee 
Indian Rupee
88.59down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53up
Japanese Yen 
Japanese Yen
154.83up
US Dollar 
US Dollar
1
18 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 17 Nov 2025 18:45 UTC
Latest change: 17 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀