सशस्त्र प्रहरी बलले नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजामा बनेका अनधिकृत भौतिक संरचना हटाएको छ । एक वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय भन्दा बढी घर, टहरा सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको देखिन्छ ।
सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारी सहितका विभिन्न संयन्त्रबाट भएका अनुगमन र निरीक्षणका क्रममा दशगजा क्षेत्र मिचेर घर, टहरा र केही ठाउँमा स्थायी संरचना बनाएको भेटिएको र त्यस्ता संरचना हटाउने अभियानलाई जारी राखिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
खुला सीमानाका कारण नेपाल र भारतका थुप्रै ठाउँमा एक अर्का देशका नागरिक वारपार गरेर खेतीपाती गर्नेदेखि सीमानामा भौतिक संरचना बनाउने गरेको पाइएको छ । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा कायम छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं