नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षण विवरणमा उल्लेख छ ।
माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट जग्गा खरिद गरेको जानकारी दिएका छन । ‘मुख्यगरी लेबीको आम्दानीबाट जग्गा खरिद गरिएको हो,’ उनले भने । हाल पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय संचालन हुँदै आएको छ ।
माओवादीले जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनेको थियो । माओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गा सहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो ।
कोषाध्यक्ष ढकालले केन्द्रीय कार्यालय साँघुरो हुँदै गएकाले जग्गा थपिएको जानकारी दिएका छन । ढकालले भने, आवश्यकताअनुसार जग्गा किनिएको हो,’। माओवादीले ०६५ मा भवन र जग्गा किनेपछि पेरिसडाँडाको नामले चर्चित छ । होटल संचालनका लागि बनाइएको भवनमा पार्टी, मजदुर संगठन, वाइसीएललगायत कार्यालय रहेका छन् । माओवादीले आगामी दिनमा ५ रोपनी जग्गामा अत्याधुनिक केन्द्रीय कार्यालय बनाउने योजना बनाएको छ ।
माओवादीले शान्ति प्रक्रियामा आएपछि नेताहरुले व्यक्तिगत सम्पत्ति जोड्न नहुने नीति बनाएको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं