हराउँदैछन् मनाङका ताल

सुन्दर देश चिन्न सकेन सरकार

हराउँदैछन् मनाङका ताल

गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी

manang ka taal

मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ ।

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झँदै छन । उनि भन्छन, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले यहाँ पर्यटक तान्न सकिएला भन्ने लागेको थियो । अहिले यो ताल पनि मैदानझैँ बनिसकेको छ ।” उनका अनुसार अरू पनि यहाँका सानातिना तालहरु सुक्दै वा हराउँदै गएका छन् ।

घले भन्छन, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यो ताललाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

अनुसन्धान समूहका एक अनुसन्धानकर्ता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । यस्तो त्रासकै बीच मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । “अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले तीन करोड पाँच लाख बजेट छुट्याएको छ”, गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन, “टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्ने तयारीमा छौँ ।”

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (४९१९ मिटर) भन्दा झन्डै दुई सय मिटर अग्लो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन । मनाङ ङिस्याङ–६ का वडाध्यक्ष सोनाम गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गंगापूर्णलाई सुरक्षित राखिने योजना छ ।

भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताउँछन । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा सिङ्गर लेक काजिनसारा ताल फेला परेको थियो ।

उनि भन्छन, “अर्को वर्ष आउँदा गङ्गापूर्ण ताल पहिलेको जस्तै देख्न पाउनुहुनेछ ।” प्राकृतिक ताल संरक्षण गर्न आवश्यक रहेको स्थानीय तथा अनुसन्धानकर्ताहरुको सुझाव छ । मनाङ्मा रहेका पुराना हिमताल तथा ग्लेसियरहरु पनि पछिल्लो समय मेटिँदै गएका छन् । कतिपय ताल मैदानमा परिणत भएका छन् । जलवायु विज्ञहरुले मनाङमा अनुसन्धान गरेर तालहरु घट्दै गएका देखिएको सुझाव दिने गरेका छन् । ती सुझावहरुलाई कार्यान्वयनमा ल्याउन तीनै तहका सरकार एक भएर लाग्नुपर्ने आवश्यक छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र
पातीहाल्नेमा हिउँ खेल्नेको भीड
माछा खान माझीकुना
हराउँदैछन् मनाङका ताल
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे
चिचर र घोगी घरबासका पहिचान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀