पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

pokhara

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले आफ्नो अध्ययन प्रतिवेदन मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेको हो ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रतिवेदनले औँल्याएका कुरालाई आधार मान्दै पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गरिने प्रतिवद्धता जनाए । “पोखरा महानगरपालिकालगायत यहाँका अन्य पालिकासँगको सहकार्यमा पोखरालाई पर्यटकीय घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको छ”, उनले भने, “गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएकाले प्रदेश सरकारले थप पहल गरेको हो ।”

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधिकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति काम सुरु गरेको हो । समितिले पेस गरेको प्रतिवेदनमा यहाँको पर्यटकीय अवस्थाका बारेमा अध्ययन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रयाप्त मापदण्ड पुगेको उल्लेख छ ।

पर्यटन विज्ञसहितको समितिले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वयलगायत कार्यादेश तोकिएको थियो ।

पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वषौँ भइसकेको छ । पर्यटकीय गतिविधि, सहज पहुँच, सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधार मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ वासु त्रिपाठीले बताए । उनका अनुसार हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पर्यटकीय गतिविधि पोखरामा हुने गर्दछन् ।

“फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि यहाँ धेरै सम्भावना छन् । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पर्यटक लोभ्याउने गर्दछ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ”, त्रिपाठीले भने ।

पर्यटकका लागि पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ । पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा यहाँ उपलब्ध छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
05 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 05 Dec 2025 00:25 UTC
Latest change: 04 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.97
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
154.64
US Dollar 
US Dollar
1
05 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 05 Dec 2025 00:25 UTC
Latest change: 04 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀