विभिन्न राजनीतिक दलका नेताहरुले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा काम गरेको बताएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्र झाले नेपाल–भारत सातौँ परराष्ट्रमन्त्रीस्तरीय बैठक अत्यन्तै ऐतिहासिक र सफल रहेको टिप्पणी गरे । वर्तमान सरकारले गरिरहेको काममध्ये नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सफल रुपमा दर्ज भएको उनको भनाइ छ ।
उनले भने, “परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भएका सन्धि÷सम्झौता नेपालको आर्थिक विकासलाई मध्येनजर गरेर हेर्ने हो भने यसले धेरै ठूलो योगदान पु¥याउँछ जस्तो हाम्रो बुझाइ छ, आउने दश वर्षमा १० हजार मेगावाट बिजुली भारत सरकारले किन्ने भनेको छ, दुई महिनाअघि नै भारत सरकारको सङ्घीय क्याबिनेटबाट यो कुरा पारित भएको थियो, अहिले आएर त्यो सम्झौता नेपाली भूमिमा भयो, विकासको दृष्टिकोणले हेर्दा अत्यन्तै महत्वपूर्ण छ ।”
नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको उल्लेख गर्दै ‘नेपाल जलस्रोतको धनी हो, यो हाम्रो सम्पत्ति पनि हो, जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ”, भनेका छन । नेपालले उत्पादन गर्ने विद्युत् भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक भएको बताउँदै उनले समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व रहेको बताए ।
नेकपा एमालेका नेता माधव ढुङ्गेलले १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने सहमतिप्रति आफूहरु सकारात्मक रहेको बताए । त्यसबारेमा स्पष्ट व्याख्या गरेर त्यसको उत्पादन, लगानी र नेपाली जनतनाले पाउने रोयल्टीको कुरा स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं