बागलुङमा बर्थिङ सेन्टर र प्रयोगशालाले गाउँमा सहज बन्दै स्वास्थ्य सेवा

बागलुङमा बर्थिङ सेन्टर र प्रयोगशालाले गाउँमा सहज बन्दै स्वास्थ्य सेवा

Lab-scaled

बागलुङ, तमानखोला गाउँपालिकाको स्याउलाबासीलाई दुई बर्षअघि सामान्य रगत परीक्षणको लागि समेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नुपथ्र्याे । स्याउला मात्रै होईन यहाँका सबै गाउँका सर्वसाधारण बेथा उही हो ।

दुर्गम मानिने तमानखोलाका अधिकांश स्वास्थ्य चौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । त्यहाँ सामान्य रगत, दिशा, पिसाबको परीक्षण हुन्छ । बोंगादोभानमा रहेको स्वास्थ्य चौकीमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै जाँच हुन्छ । गाउँकै स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा पाएपछि बिरामीले छिटो उपचार पाउँछन् भने खर्च पनि घटेको छ ।

तमानखोलाजस्तै नीसिखोला गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सुरु भएका छन् । गाउँमै प्रयोशाला सञ्चालन हुँदा उपचार र निदानमा सहयोग पुगेको बोहोरागाउँ स्वास्थ्य चौकीका प्रमुख कसिन्द्र शाही बताउँछन् । ‘केही दिनअघि एउटा डेलिभरी केस आएको थियो, एक्कासी रक्तचाप बढेको देखियो, रगत जाँच गर्दा पिसाबमा प्रोटिन देखियो’ गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख दिलु प्रसाद सुवेदीले भने ‘हामीले समयमा रिफर गरेपछि शल्यक्रिया भयो र आमाबच्चा दुवैको ज्यान बच्यो ।’

स्थानीय तह गठनपछि गाउँ गाउँमा प्रयोशाला सेवा सञ्चालन सुरु भएका छन् । स्थानीय तहले स्थापना गर्ने र बन्द गर्ने गरेका कारण जिल्लामा प्रयोगशालाको वास्तविक तथ्यांक तयार भैसकेको छैन् । तर केही बर्ष पहिलेभन्दा दुर्गममा खुलेका प्रयोशालाका कारण सर्वसाधारणले पाउने सुविधामा धेरै अन्तर आएको छ ।

‘प्रयोशालाले उपचार र निदानमा धेरै सहयोग गरेको छ, अब गाउँमा आवश्यकता भनेकै प्रभावकारी प्रयोगशला हो’ गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले भने । जिल्लाभर ३८ वटा प्रयोशाला सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती थियो ।

स्थानीय, प्रदेश र संघ सरकारअन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ३६ ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । पछिल्लो छ वर्षमा दश स्थानीय तहका ३६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर विस्तारपछि प्रसूति सेवा सहज बनेको छ ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना, बिवाइसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीनै तहका सरकारसँगको सहकार्यमा प्रयोगशला र बर्थिङ सेन्टर विस्तार गरेका हुन् । जिल्लाका १९ स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गर्न प्रत्यक्ष सहयोग र बाँकी स्वास्थ्य संस्थामा उपकरण सहयोग गरेको बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले बताए ।

नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेकामा अब भने प्रसूति सेवा केही सहज बन्दै गएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀