गण्डकी प्रदेशस्तरीय पुरूष भलिबलको उपाधि गलकोटलाई

गण्डकी प्रदेशस्तरीय पुरूष भलिबलको उपाधि गलकोटलाई

1704455026_ball-1200×560

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३-० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन सेट नै २५-२०, २५-२२ र २५-२२ अन्तरले आफ्नो पोल्टामा पार्‍याे ।

गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । उपाधि विजेता गलकोट नगरपालिकाले एक लाख ५१ हजार एक सय ११ रूपैयाँ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले एक लाख एक हजार एक सय ११ रूपैयाँ पाएको छ ।

आज नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासँग पराजित हुँदै बाहिरिएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३-१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रूपैयाँ र सान्त्वना पुरस्कार माउन्टेन भ्यूले २५ हजार एक सय ११ रूपैयाँ प्राप्त गरेको भलिबल खेल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

सातौँ बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खुला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ । निर्माण व्यवसायी सङ्घ बागलुङ दोस्रो भएको छ । यही पुस ११ गतेदेखि सुरू भएको सातौँ बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । महोत्सवको शनिबार समापन गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀