दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

mauri

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले जानकारी दिए ।

व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो । उनले भने, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ । यसमा घरपरिवारको पनि सहयोग रहेको छ ।” मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा समेत आधुनिक सामग्री पठाउने गर्छन ।

मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल ४५ मौरी छन् । उनले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताए । “परिवारको सहयोग छ, रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन”, किसान मगरले भने, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”

अहिले उनको फार्ममा युरोपेली, इटाली, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । गत वर्ष माग बढेकाले छ सय प्रतिकिलो बिक्री गर्ने गरेको र यो वर्ष भने खुद्रामा पाँच सय प्रतिकिलो मह बिक्री गर्दै आएको उनि बताउँछन । थोक बिक्रीका लागि भने जिल्ला मौरीपालन व्यवसायी सङ्घको निणर्यअनुसार मूल्य निर्धारण गरिने उनले बताए ।

मौरीपालन व्यवसायबाट उनले वार्षिक १० लाख आम्दानी गर्न सफल भएका छन । दुई/तीन वर्ष वैदेशिक रोजगारमा रहँदासमेत मगरले विदेशमा मौरीपालन गरेको देखि प्रभावित भएर नेपाल आएपछि व्यवसाय थालेको बताए । २०५७ सालमा सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या १७ रहेको उनि स्मरण गर्छन ।

वर्षा र अत्यधिक चिसो हुने समय ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको उनले बताए । गुणस्तरीय मह भएकाले अधिकांश घरबाटै बिक्री हुने गरेको मौरीपालक किसान मगर बताउछन । मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
06 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 05 Sep 2025 19:30 UTC
Latest change: 05 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.23up
Indian Rupee 
Indian Rupee
88.22up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53down
Japanese Yen 
Japanese Yen
148.2down
US Dollar 
US Dollar
1
06 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 05 Sep 2025 19:30 UTC
Latest change: 05 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀