नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताएका छन । कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको ९९ जन्मजयन्तीका अवसरमा नेकां मोरङद्वारा विराटनगरमा आयोजित विचार गोष्ठीमा उहाँले मुलुकमा देखिरहेको सङ्कट समाधान र समृद्धिका लागि नेता भट्टराईजस्तो असल अभिभावक खोजिरहेको विचार व्यक्त गरेका छन ।
नेता डा. कोइरालाले भ्रष्टाचारलाई शून्य सहनशीलता कायम गरी राजनीतिक स्थायित्व र सुशासनका निम्ति सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, नेकांका केन्द्रीय सदस्य अमृत अर्याल, गोपाल राजभण्डारी, वसन्त भट्टराई, नेकां मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी तथा सचिव मोदराज घिमिरे लगायतले प्रजातन्त्र स्थापनाका लागि स्व भट्टराईले गर्नुभएको योगदानका विषयमा चर्चा गरेका थिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं