पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा. महत

पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा. महत

Prakash Mahat

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।”

बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए । आन्तरिक निर्वाचनमा आम निर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे ।

“केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ”, मन्त्री डा. महतले भने, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।”

उनले भने, “संसद्मा हाम्रो तीन गुण बढी सङ्ख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काही पुग्दैनौँ । सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।”

प्रवक्ता डा महतले भने, “धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री भएको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन, विना प्राथमिकताका ठेक्कामुखी आयोजना अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।”

पछिल्लो समय विभिन्न स्वार्थ समूहले सताएको बताउँदै अर्थमन्त्री डा महतले भने, “इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खिनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्‍यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
22 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 May 2025 00:20 UTC
Latest change: 21 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.03
Indian Rupee 
Indian Rupee
85.6
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.64
US Dollar 
US Dollar
1
22 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 May 2025 00:20 UTC
Latest change: 21 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀