‘सीप छ, मूल्य छैन’

‘सीप छ, मूल्य छैन’

doko bundai

तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पूर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले जोड दिइन् ।

खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पालेकी छन । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उनले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताइन । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उनले सुनाइन ।

फुलमायाले भनिन, “हामीले पूर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।” यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुराउने गरिएको उनले बताइन । दुई सय घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिइन । “ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनअनुसार सामान बनाउने हो”, उनले भनिन ।

फुलमायाका अनुसार एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । “पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्”, उनले भनिन, “यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।” यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाइन । “अहिले छोराहरुले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ”, उनले भनिन ।

यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताए । “पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ”, उनले भने, “हामीले ठूला सामान बनाउछौ । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।”

बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उनका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । “किनेर बनाउनु पर्ने भएकाले महङ्गोमा बेच्दा बिक्री हुदैन । कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन”, उनले भने ।

सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उनले भने, “बाँसको मूल्य तिर्छौँ । हामीले सीपको मूल्य पाएका छैनौंँ ।” यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उनको भनाइ थियो । “पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ”, फुलमायाले भनिन । उनका अनुसार यहाँका करिब ५०/६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पूर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइदैन । पूर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवद्र्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् ।

बजारमा पाँच–सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पूर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
23 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.61up
Indian Rupee 
Indian Rupee
85.96up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
143.64up
US Dollar 
US Dollar
1
23 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀