नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताएका छन । बीपी स्टडी युथ सर्कलले रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै नेता कोइरालाले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको स्पष्ट पारे ।
नेता कोइरालाले कम्युनिष्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने बताए । “कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ”, उनले भनेका छन । गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उनको भनाइ छ । उनले गजलमार्फत देशको समस्या उजागर गर्न खोजेकाले उक्त गजल सङ्ग्रह पठनीय भएको बताए । उनले पछिल्लो समय देशमा युवा निराश हुँदै गएको भन्दै युवाको निराशालाई आशामा बदल्नका लागि राजनीतिक दल लाग्नुपर्ने उल्लेख गरेका छन । रासस
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं