ओखलढुङ्गा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्नेमा जोड दिएका छन । ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताएका हुन ।
मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उनले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिए । “देश सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन”, उनले भने, “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।” उनले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउँदै सङ्घीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेकोमा जोड दिए ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारी सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । नेता कोइरालाले एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने स्पष्ट पारे ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल अहिल्यै आगामी निर्वाचनको तयारीमा लाग्नु गलत भएको बताए । सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचार अन्त्यका लागि कांग्रेस लाग्नेमा जोड दिए । छिट्टै सङ्घमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनले उल्लेख गरेका छन । रासस
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं