गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

yatayat

गण्डकी प्रदेशका यातायात कार्यालयले चालुु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालुु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

बाग्लुङ, डुम्रे र नवलपुरमा एकरएक र कास्कीमा दुईवटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका हुुन् । मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितका अनुुसार सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ३१ करोड ७१ लाख ३५ हजार सात सय ८१ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र, कास्कीले छ करोड ४७ लाख ३९ हजार नौ सय २६, बाग्लुुङले चार करोड १० लाख ३२ हजार ६ सय ७०, नवलपुुरबाट छ करोड ३४ लाख ७९ हजार ६ सय ७४, डुुम्रेबाट चार करोड १० लाख ९१ हजार एक सय ७५ राजस्व सङ्कलन भएको छ ।

गोरखा, लमजुुङ र स्याङ्जाको यातायात सेवा शाखाबाट एकमुुष्ट चार करोड १० लाख सात हजार एक सय २३ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब २४ करोड र २०७९/८० मा तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका यातायात कार्यालयहरुले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यअनुुसार नै राजस्व सङ्कलन गरेका मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब १५ करोड राजस्व सङ्कलन गरेकामा यातायात कार्यालयहरुको योगदान करिब आधा रहेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालयहरुको सेवालाई सरलीकरण, झन्झटरहित, सहज र प्रविधिमैत्री बनाउन जोड दिएको बताए ।

चालुु आर्थिक वर्ष सुुरु भएयता पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू गर्न विसं २०७७ मा भएको निर्णय कार्यान्वयन गरिएको र बागलुुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गरिएको मन्त्री जुग्जालीले बताए । सवारी साधन दर्ता र नवीकरणसम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेसन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाइएको यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले जानकारी दिएका छन ।

सेवाग्राहीको अत्यधिक चाप र भीड हुने भएकाले बिहान ८ बजेदेखि नै सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीका प्रमुुख जितेन्द्रजङ्ग केसीले बताए । दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, सङ्घीय सरकार मातहतको सर्भरमा पटकपटक आइरहने समस्याका कारणले सेवाप्रवाहमा चुनौती रहेको यातायात कार्यालयका प्रमुुखहरुले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀