कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

Sher B deuwa

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने स्पष्ट पारेका छन् । कसैको रहरमा राजतन्त्र नफर्किने सभापति देउवाको भनाई छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने दावी गरेका छन् ।

सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।”

सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए। जिल्ला सम्मेलनमा कांगे्रसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।

गणतन्त्रको विकल्प छैनः सभापति देउवा
यसैबीच नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”
उनले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन्, यो प्रश्नमा उनले भने, “को अत्तालियो  हामी अत्तालिएका छैनौँ ।”  वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ यस प्रश्नमा उहाँको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
17 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 17 Nov 2025 00:20 UTC
Latest change: 16 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142
Indian Rupee 
Indian Rupee
88.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
154.52
US Dollar 
US Dollar
1
17 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 17 Nov 2025 00:20 UTC
Latest change: 16 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀