शनिबार, ९ मंसिर २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनीरूपमा नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई गैरकानुनी रूपमा नदरबन्दमा राखेको भन्दै रिट दर्ता गरेका हुन्।
भण्डारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन। त्यसको पेसी आइतबारका लागि तोकिएको जानकारी दिइएको छ ।
मेडिकल व्यवसायी प्रसाईंले शुक्रबार तिनकुने केन्द्रित विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए। तर प्रहरीले तिनकुनेमा प्रसाईं समूहका समर्थकलाई पक्राउ गरेको थियो । उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राखेको थियो।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं