पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जान्छः गगन थापा

पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जान्छः गगन थापा

Gagan Thapa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रबार कांग्रेस अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए।

‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईंहरूको चित्त दुखेको छ, म मान्दछु। चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु। यसलाई सम्बोधन गरेर जाने हो। तर यसको नाममा यदि हामीले पछाडि फर्कनुपर्छ वा अर्को विकल्प खोज्नुपर्छ भन्नेतिर लाग्यौं भने फेरि अर्को जुनी खेर जान्छ।’

०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौंमा दीपावली भएको पनि थापाले उल्लेख गरेका थिए।

‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उनले भने, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए। ३ वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुस् त!’ राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको थापाले बताए।

‘मलाई केबल १५ वर्ष भए पुग्छ भनेर सपना देख्ने बिपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीँ जाँदैनथ्यो,’ थापाले भने, ‘बेलायतमा छ, नेपालमा पनि रहन्थ्यो। तर किन थुनेको बिपीलाई? किन नेपालको ३० वर्ष खेर फालेको? कसको कारणले यो अवस्था आएको?’

उनले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताए। ‘गल्ती र कमजोरीहरू भएका छन्। सच्याउने हो,’ थापाले भने, ‘तर यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन। हाम्रो आस्थालाई बोकाएर हुँदैन। समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ।’ गणतन्त्रमाथि समस्या भयो भन्दै तीन ठूला पार्टीका नेताहरू कोठाभित्र बसेर छलफल गरेको प्रसंग पनि थापाले सुनाए।

‘मैले नेताहरूलाई भने- तपाईंहरू टाउको छाम्नुहुन्छ दुखेकोजस्तो लाग्छ। घाँटी, छाति, पेट छाम्नुहुन्छ, दुखेको भन्नुहुन्छ। तर होइन ‍औंलाको टुप्पोमा घाउ छ, जहाँ छोयो त्यही दुख्छ। औंलाको घाउको उपचार गरे बाँकी दुख्ने कुरा निको हुन्छ,’ थापाले भने, ‘विगत २५ वर्षदेखि ठूला पार्टीका एकै नेता प्रधानमन्त्री भइरहेका छन्।’

प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरू बैठक बसेर देश डुब्यो-डुब्यो भन्ने खालका छलफल गर्ने गरेको थापाले बताए। ‘मैले अस्ति उहाँहरूलाई भने- आजबाट नेपालका प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीले अब प्रधानमन्त्री हुन्न भनेर निर्णय गर्‍यौं भन्नुभयो भने समस्या सकिन्छ,’ उनले भने, ‘व्यक्ति होइन प्रणालीको समस्या हो। कस्तो पद्धती बसाल्ने छलफल गरौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
08 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.33down
Indian Rupee 
Indian Rupee
87.66down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.41down
US Dollar 
US Dollar
1
08 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀