विश्वकप छनोट : नेपाल यमनसँग पराजित

विश्वकप छनोट : नेपाल यमनसँग पराजित

Nepal vs Yeman

फिफा विश्वकपका लागि छनौट खेल अन्तर्गत मङ्गलबार साँझ दशरथ रङ्गशालामा नेपाल र यमनबिचको फूटबल प्रतियोगितामा नेपालका खेलाडी (रातो जर्सी) र यमनका खेलाडी (सेतो जर्सी)प्रतिस्पर्धा गर्दै । तस्बिर रत्न श्रेष्ठ/रासस

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो ।

यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ । नेपालको भने यो लगातार दोस्रो हार हो । यसअघि छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई)सँग ०–४ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगिताको छनोटअन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
06 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 05 Sep 2025 19:30 UTC
Latest change: 05 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.23up
Indian Rupee 
Indian Rupee
88.22up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53down
Japanese Yen 
Japanese Yen
148.2down
US Dollar 
US Dollar
1
06 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 05 Sep 2025 19:30 UTC
Latest change: 05 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀