तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।
आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको थियो ।
यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं