काठमाडौं । सरकारले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार सामाजिक सद्भाव बिथाेल्ने गतिविधि भइरहेकाले टिकटक प्रयाेगमा राेक लगाउने निर्णय गरिएको हो ।
अर्का एकजना मन्त्रीले पनि समाजिक सद्भाव बिथोल्ने, सामाजिक मर्यादाविपरीतका अभिव्यक्ति दिने र भल्गर सामग्री राख्ने प्लेटफर्मका रूपमा विकास भएकाले टिकटक तत्काललाई बन्द गर्ने निर्णय गरिएको हो ।
“मन्त्रिपरिषद्ले तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरेको छ। बन्द गर्ने निर्णय भइसक्यो, यसलाई बन्द गर्न प्राविधिक लागि सक्नु भएको छ। प्राविधिक रूपमा सम्भव भएसम्म आजैबाट बन्द हुन्छ,” उनले भनिन्।
ती मन्त्रीका अनुसार अबको केही घण्टामा टिकटक चल्ने छैन । सरकारले आज अकस्मात सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रक्रिया आइरहेको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं