शान्ति बाटिकामा ‘काग’ सम्मेलन

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

Kaag Tihar

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौँको शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरेका हुन ।

कलाकार दुलाले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए । उनले भने, “विशेषगरी तिहारको परम्परालाई जोगाइ राखौँ र सकारात्मक सन्देश प्रवाह गरौँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु । यसलाई आउँदो वर्षमा पनि निरन्तरता दिनेछु ।”

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाउँदा काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षहरूमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको सुरुवात पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए ।

“सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरु गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु”, कलाकार दुलालले भने । उनले पशुपक्षीको आवाज मात्र होइन वाद्यवादन यन्त्र मादल, सनइ, सारङ्गी, पियानो, दमाहा, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्न सक्दछन । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज दुरुस्तै निकाल्ने भए पनि कलाकार दुलाल ‘काग’को आवाज निकाल्ने व्यक्तिका रूपमा परिचित छन ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना र ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
11 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀