सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कुलत बढेको बताएकी छन्।
ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरु वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न नसके गुणात्मक विकास गर्न नसकिने बताइन्।
‘वर्तमान युग सूचना प्रविधिको हो। सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ। सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौँ भने गुणात्मक विकास गर्न सक्दैनौँ। सामाजिक सञ्जालको दुरुपयोग बढेको छ। बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ,’ मन्त्री शर्माले भनिन्।
विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गरिन्।
संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रुपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सृजना गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिइन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं