गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङबीच आज भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाका नियमित सञ्चालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन मुख्यमन्त्रीले वाङसँग आग्रह गरे । कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रूत मार्ग निर्माण, तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा गरिएको उनले बताए ।
चीनको सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओलगायत शहरबाट नियमित सिधा उडानका लागि अनुरोध गर्दै उनले यसबाट दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कमा मद्दत पुग्ने बताए । तिब्बतसँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गरे । १२ औँ शताब्दीतिर अरनिकोले नेपाल–चीनको सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ छ । घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि दुवै राष्ट्रले निरन्तरता दिइरहेको उनको भनाइ छ ।
वाङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले प्राविधिक समूहलाई यसबारे अध्ययन गर्न पठाउने बताए । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै उनले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं