राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइनेछ : प्रधानमन्त्री

राष्ट्रिय गौरवको आयोजनाका रुपमा क्रिकेट रङ्गशाला बनाइनेछ : प्रधानमन्त्री

RRR

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताएका छन् । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम वितरण गर्दै प्रधानमन्त्री दाहालले भने, “क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ ।”

“सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ । तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ”, प्रधानमन्त्री दाहालले भने, “दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला ।”

नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताए । उनले भने, “यो लगावले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीमा अझ बढी हौसला बढाउन, उनीहरूका लागि बढी लगानी गर्न र खेलकुदका अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ ।”

खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गरेका छन । उनले भने, “क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउँदै छौँ, भरतपुर, मुलपानी र कीर्तिपुरको काम पनि शीघ्र अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ ।”

केही कानुनी र प्रक्रियागत समस्याका कारण खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने भनिएको पुरस्कार वितरणमा ढिलाई भएको स्वीकार गर्दै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकार पूर्ण सचेत हुने बताए ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्रिकेट खेललाई सरकारले दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए । उनले भने, “यो सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकामा खुसी छौँ ।” उनले कीर्तिपुर क्रिकेट रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रक्रिया अगाडि बढाएकामा सरकारलाई कृतज्ञता ज्ञापन गरेका छन । “सरकारको प्रयासप्रति हामी आभारी छौँ । बाँकी काम पनि चाँडै पूरा हुनेमा विश्वस्त छौँ”, कप्तान पौडेलले भनेका छन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀