प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

army football club team

झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको ७ औँ मिनेटमा आर्मीका नीरजकुमार शाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । आर्मीले पाएको कर्नर किकमा झापाको पेनाल्टी एरिया नजिकैबाट हेड गर्दै शाहले बललाई गोलपोस्टको जाली चुमाउन सफल भए ।

पहिलो हाफ १–० मा सकिएको दोस्रो हाफको ६१ औँ मिनेटमा आर्मीकै फत्तेमान घलेले अर्को एक गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर पारेका थिए । घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोस्टको जाली चुमेको थियो ।

खेलमा ‘प्लेयर अफ दी म्याच’ आर्मी क्लबका घलेले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल भीडन्त हुनेछ । मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिएका छन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
04 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 04 Sep 2025 00:20 UTC
Latest change: 03 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.92
Indian Rupee 
Indian Rupee
88.03
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.65
US Dollar 
US Dollar
1
04 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 04 Sep 2025 00:20 UTC
Latest change: 03 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀