गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको बताएका छन् । नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सृजना गर्न थालेको बताए ।
गाउँबाट बजार झर्ने र बजारबाट विदेश पलायन हुनेको क्रम डरलाग्दो हुँदै गएको भन्दै यसलाई रोक्न प्रदेश सरकार लागि रहेको उनले जानकारी दिएका छन । आफू मुख्यमन्त्री भएपछि जनताले महसुस हुने गरी काम गर्न थालेको भन्दै सरकारको काम देखेर प्रतिपक्ष अतालिन थालेको पाण्डेको भनाई छ । प्रदेश सरकारले भुइँ मान्छेका काम, गरिब, दुःखी र सर्वहाराको काम गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले भने, “हामीहरु सङ्घीयताको कार्यान्वयनकै चरणमा छौँ, भर्खरै ठीक बेठीक भनेर छुट्याउन समय भएको छैन, कार्यान्वयनका चरणमै जनताका समस्या बुझ्ने र जनताका आवश्यकता र मागका आधारमा विकास निर्माण भइरहेको छ, केही तत्वले सङ्घीयताका बारेमा प्रश्न गरी रहेका छन्, अब कोही पनि युवा विदेश पलायन हुने गरी गाउँमै रोजगार सृजना गर्छौँ, गाउँका मान्छेलाई गाउँमै रोक्न काम गर्छौँ ।”
मुख्यमन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताए । कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितिका विरुद्धमा बोल्ने मुख्यमन्त्रीको भनाई छ ।
–––
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं