आइसिसि टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । आज मुलपानीस्थित खेलमैदानमा वरपर जम्मा भएका करिब ३५ हजार दर्शकबीच नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो ।
खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनमा सीमित गर्न सफल भयो । युएईका लागि भृत्य अरिवन्दले सर्वाधिक ६४ रन बनाउँदा मोहम्मद वसिमले २६ रन बनाए । युएईका लागि अलिशान सराफूको १६ र आसिफ खानको १३ बाहेक अन्य खेलाडीले दोहोरो रनको योगदान दिन सकेनन् ।
बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिन सफल रहे । सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिए । एक सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेललाई सस्तैमा गुमायो । भुर्तेल व्यक्तिगत ११ रन बनाएर निलान्स केस्वानीको बलमा मोहम्मद वसिमको हातबाट क्याचआउट हुन पुगे । तेस्रो नम्बरमा आएका गुल्सन झा २२ रनमा बासिल हमिदको बलमा बोल्ड हुनुपूर्व ओपनर आसिफ सेखसँग ४१ रनको साझेदारी गरे । आसिफ सेखले व्यक्तिगत ६४ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रनको योगदान दिए ।
जीतसँगै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं