संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
घान्द्रुक प्रहरी चौकीका इन्चार्ज पर्वत मोदी गाउँपालिका–६ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक ढुंगानालाई बिहान ९ः३३ बजे पोखराको मणिपाल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा ९ः४६मा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।
इन्चार्ज ढुंगाना गुटरेसको सुरक्षाका लागि शनिबार त्यहाँ पुगेका थिए । फर्किने क्रममा रहेका उनी मंगलबार अन्नपूर्ण गाउँपालिका–११ स्थित एक होटलमा बास बसेका थिए । २ हजार ३ सय ५० मिटर उचाईमा रहेको होटल हिमालयमा बास बस्ने क्रममा लेक लागेर उनलाई स्वासप्रस्वासमा समस्या आएको थियो ।
तत्कालै आज (बुधबार) विहानैं हेलिकप्टरबाट पोखरा ल्याइएको भएपनि उनलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।
यतिबेला मुचुल्का तयार पार्ने र पोष्टमार्टम् गर्ने काम भईरहेको छ । सबै कामहरु सकिएपछि नेपाल प्रहरीले सलामी दिने र त्यसपछि परिवारजनले दाहसंस्कार गर्नेछन् ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं