योग्यताको कसीमा विधागत पत्रकार

विचार

योग्यताको कसीमा विधागत पत्रकार

Binod Dhungel

विनोद ढुङ्गेल

मिडिया क्षेत्र संस्थागत नहुँदा नहुँदै पनि र पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था दुरुह रहँदा रहँदै पनि नेपालमा केही वर्षयता पत्रकारको योग्यताका मामिलामा मन्द बहस जारी छ । कसैले पत्रकार हुनका परीक्षा दिनुपर्ने तर्क दिइरहेका छन् भने कसैले त्यसको विरोध गरेका छन् ।

परीक्षा/पक्षधरहरूको तर्कअनुसार कानून व्यवसायी, चिकित्सक, इन्जिनीयर, शिक्षक मात्र नभएर सवारी चालकसम्मले परीक्षा उत्तीर्ण गरेर मात्र पेशागत अभ्यास गर्न पाउँछन् भने व्यापक प्रभाव राख्ने सीपमूलक पेशाकर्मी पत्रकार किन अपरीक्षित रु ठीक विपरित जिकीरअनुसार संविधान–प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकजस्ता मौलिक अधिकारको अभ्यासकर्ता पत्रकारितामा प्रवेश गर्नै बारबन्देज गर्नु नागरिक हकको प्रतिकूल हो । यी दुईथरि मत पेशाको गुणस्तरीयता कायम गर्ने र नियन्त्रण वर्जित गर्ने हदसम्म मात्र सीमित नभएर कतिपय अवस्थामा उच्च शिक्षा प्राप्त र अप्राप्त पत्रकारहरूको मतको रूपमा समेत अभिव्यक्त हुने गरेका छन् । यस मामिलामा सम्पादकहरूको अनुभव भने यथार्थ अलि फरक पाइन्छ ।

उनीहरूका अनुसार कक्षा कोठामा कुशल भनिएका पत्रकारिताका विद्यार्थी समाचार कक्षमा कमजोर पाइएका छन् । तर, त्यस्ता विद्यार्थी भने तिनै सम्पादकको शैक्षिक योग्यतामाथि खिसीट्यूरी गरिरहेका भेटिन्छन् । यो आम पत्रकारिताको कुरा भयो । केही हप्तायता विशेषज्ञ पत्रकारिता अर्थात विधागत पत्रकारिताका बारेमा आमसञ्चारका माध्यममा मेरा आलेखहरू प्रकाशित भइरहँदा मैले भने केही फरक प्रतिक्रिया पाएको छु । ती प्रतिक्रिया विश्वविद्यालयको प्रमाणपत्र वा कुनै परीक्षा प्रणालीको पक्ष वा विपक्षमा छैनन् । त्यसअनुसार, विधागत पत्रकारिता गर्नका लागि आमरुपमा पत्रकारका लागि चाहिने गुण, विशेषता, सीप, क्षमता आदि त चाहिन्छन् नैस त्यस अतिरिक्त यो विशिष्टीकृत क्षेत्र भएकाले अरू विशिष्ट योग्यता, विशेषता, सीप र क्षमता पनि जरुरी हुन्छ । हो, वास्तवमै आम पत्रकारको आँखामा वाञ्छनीय ठानिएका गुण विशिष्टीकृत क्षेत्रका लागि त अत्यावश्यक तत्व नै हुन् ।

विशिष्ट गुणका कारणले नै विधागत पत्रकारितालाई विशिष्टीकृत पत्रकारिता मानिएको हो । “विधागत पत्रकारितामा विषयगत ज्ञान र सीपका साथै खास तथ्य वा सन्दर्भसँगै सञ्चारशैली र सूचना प्रवाहको खासखास धार हुन्छन्” भन्नु हुने नेपाली पत्रकारहरूका गुरू प्राध्यापक रामकृष्ण रेग्मीले ‘उहिलेको पत्रकारिता’ मा उल्लेख गरेअनुसार प्रत्येक विधामा ‘विशेष मर्म, मौलिक मूल्य र मान्यता’ हुन्छन्, जसको जगेर्ना पत्रकारिताले गर्नै पर्छ । जनसम्पर्क र सूचनाको स्रोतका लागि त विधागत पत्रकारले पनि आम पत्रकारले जस्तै विधि अपनाउँछन् । विषयवस्तुसँग परिचित हुने हुनाले विधागत पत्रकारहरू विषयवस्तुको भित्री तहसम्म पुग्नैपर्छ । त्यसैले उनीहरूले सीधा तथ्यको रिपोर्टिङ्का अतिरिक्त अन्तर्यमा पुगेर भित्री कथा र टिप्पणी पनि दिनसक्नुपर्छ । व्यापक स्रोतहरूसँगको सु–सम्बन्ध नै गतिला समाचारका आधार हुन् । सम्बन्ध कायम नरहे विश्वास कायम रहँदैन ।

विधा विशेषमा अनुभवी पत्रकारले सो विधामा आधिकारिक रूपमा लेख्न सक्छ । यो नै सबैभन्दा ठूलो तागत हो । आ–आफ्नो बिटका कानून, नीति, कार्यक्रम र तिनको कार्यान्वयनको अवस्थाबारे सबै बिटका पत्रकारलाई ज्ञान हुनु जरुरी छ । दर्जनौं पुस्तकका सम्पादक तथा प्रतिष्ठित अमेरिकी पत्रकार क्रिष्टोफर स्क्यानलानका विचारमा विधागत पत्रकारले आफ्नो विधाका समाचारका स्रोत चिन्नुका साथै भाषा र प्रक्रिया पनि सिक्नुपर्छ । शब्द, शैली, संस्कृति, संकेत, संवेदनशीलता, सबलता÷दुर्बलतासमेत बुझ्नु त्यस्तो पत्रकारको आवश्यकता हो । त्यसैअनुसारको विशिष्ट/प्राविधिक शव्दावली र तिनको अर्थ, कार्यस्थलको वातावरण आदि पनि जान्नुपर्छ ।

टेक्सस युनिभर्सिटीका पत्रकारिताका प्राध्यापक डेभिड राइफका अनुसार, पत्रकारलाई कुनै बीटमा रिपोर्टिङ् गराउँदा सञ्चार संस्थाको लगानी हुन्छ र पत्रकारहरू निपूर्णता हासिल गर्न मनैदेखि लागेका हुन्छन् । त्यो भनेको मूलतः मिडिया हाउसको आर्थिक लगानी हो भने पत्रकारको समय, श्रम र भावनाको लगानी हो । आफ्नो बिटमा कुनै घटना हुने बित्तिकै स्रोतहरूबाट तत्काल जानकारी लिनु र समय–सीमाभित्र लेखिसक्नुलाई सम्पादक स्क्यानलान ‘पत्रकारको ठूलो तागत’ ठान्छन् ।

स्रोतलाई सधैं खुशी राख्न सम्भव नहुन सक्छ तर सम्बन्ध कायम राख्न भने आवश्यक नै हुन्छ । विधागत पत्रकारिताका अनुसन्धानकर्ताहरूले बीट रिपोर्टर र समाचार–स्रोतबीच व्यावसायिक दूरी कायम राख्नमा तीन वटा जोखिम देखेका छन् । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार पहिलो हो– बिट रिपोर्टरहरू स्रोतप्रति धेरै बफादार भएमा स्रोतले प्रयोग गरिदिनसक्छ । दोस्रो– पत्रकारहरू स्रोतप्रति धेरै विरोधी भए पनि पाठक/दर्शक/स्रोतालाई मन पर्दैन र पत्रकारले विश्वास गुमाउन सक्छन् र तेस्रो जोखिम हो–बिट रिपोर्टरले आफूलाई उनीहरूको स्वार्थका पक्षधर जस्तो ठान्न थाले भने तिनीहरू कार्यकर्ता हुन पुग्छन् । यी तीन वटै अवस्थाले पत्रकारितालाई क्षय नै गर्छन् ।

त्यसो भए विधागत पत्रकारितालाई कसरी प्रभावकारी बनाउने त रु पत्रकारिताको २५ वर्षभन्दा लामो समय अनुभव सँगालेका अमेरिकी प्राध्यापक टोनी रजर्स त्यसका लागि चार वटा उपाय पेश गर्छन् । उनका अनुसार, पहिलो उपाय हो– आफ्नो बीटको बारेमा चाहिने सबै कुरा सक्दो सिक्न र जान्नका लागि यस क्षेत्रका धेरैभन्दा धेरै मानिससँग कुरा गर्नु र पढ्नुपर्छ । प्राविधिक विधामा काम गर्ने पत्रकारका लागि यो विशेष चुनौतीपूर्ण छ ।

तर, पत्रकारले पनि वैज्ञानिकले जति नै जानेको होस् भनेर कसैले अपेक्षा गर्दैन । पत्रकारले आम गैरप्राविधिक मान्छेले जति भने जान्नै पर्छ । त्यति भएमा प्राविधिक मान्छेसँग ठीक प्रश्न सोध्न र उसका जवाफलाई सबैले बुझ्ने गरी सम्प्रेषण गर्न सक्ने हुन्छ । दोस्रो उपाय, आफ्नो बिटका खास–खास खेलाडी को–को हुन् भनेर सकेसम्म बढी जानकारी राख्नु पर्छ । तेस्रो– आफ्नो बिटका मान्छेलाई समान्यरूपमा चिन्ने मात्र हैन, तीमध्ये केहीलाई भरपर्दो समाचार–स्रोत बनाउनुपर्छ । समाचार–स्रोत गतिलो नभएको पत्रकारसँग वास्तवमा केही पूँजी नै हुँदैन ।

पत्रकारहरूको एउटा कमजोर पक्ष हो, समाचारको स्रोत “ठूलो” हुनुपर्छ भन्ने भ्रम । हो, ठूला समाचार ठूलै ठाउँमा पाक्छन् । त्यसको अर्थ त्यो कुरा “ठूला”हरूबाट मात्र थाहा पाइन्छ भन्ने होइन । सहायक कर्मचारी ठूला समाचारका स्रोत हुन सक्छन् । महत्वपूर्ण कागजात र अभिलेख तिनैसँग हुन्छन् । उदाहरणका लागि– प्रधानमन्त्रीको किनमेलको विवरण सुरक्षागार्डबाट पाउन सकिन्छ भने राष्ट्रपतिको स्वास्थ्य अवस्थाको जानकारी अस्पतालका नर्सले दिन सक्छन् । नेपाल आएका विदेशी सेलेब्रिटीसँग पहुँच नपाए पनि उनीहरू बसेको होटलका बेयरा पत्रकारको पहुँचमा हुन सक्छन् ।

स्रोतसँग बलियो सञ्जाल विकास गरेका बिट रिपोर्टर समाचार–स्रोतको रुचिअनुरुपका सामग्री मात्र लेख्ने चेपुवामा पर्ने खतरा त छँदैछ । त्यस्तो अवस्थामा पत्रकारले के गर्ने त रु आफँैलाई केही प्रश्न सोध्नुभन्दा राम्रो उपाय केही हुन सक्दैन । प्रश्न सामान्य हुन्छन् । जस्तै, यसले मेरा पाठक/स्रोता/दर्शकलाई कस्तो प्रभाव पर्ला रु तिनले के सोच्लान् रु यो उनीहरूलाई चाहिने कुरा हो कि होइन रु यस्तै–यस्तै । जवाफ नकारात्मक आए भने स्पष्ट छ, त्यो समाचार आवश्यक छैन ।यसबाहेक पनि प्रभावकारी बिट रिपोर्टिङ्का विभिन्न उपाय हुनसक्छन्, अलिकति तिनको चर्चा गरौं ।

पहिलो हो, सिधै पाठकदर्शक/स्रोतासँग कुरा गर्नु । तिनका छिमेकी, साथी–सङ्गी र पाठकका आफन्तका बारेमा पनि स्थानीय समाचार–कथाहरूले रिपोर्ट गर्छन् । तर, तिनका बारेमा कुरा गर्ने होइन, सिधै पाठक/दर्शक/स्रोतासँगै कुरा गर्ने उपाय अपनाउनुपर्छ । अर्को हो, पत्रकार पहरेदार हो, पहरेदार नै बन्नुपर्छ । विधागत पत्रकार मार्गदर्शक पनि बन्नसक्छ । परम्परागत रूपमा पत्रकारिताले अधिकारीहरूलाई जवाफदेही बनाउँछ । यसबाहेक असल र सिर्जनशील पत्रकारले समुदायलाई समाधान र प्रगतिको बाटो पनि देखाउन सक्छ ।

रिपोर्टिङ्मा ध्यान केन्द्रित गर्नु प्रभावकारी बिट रिपोर्टिङ्को अर्को उपाय हो । छोटा समाचार–कथालाई पनि राम्रोसँग विकसित गर्न सकिएमा गहन–रिपोर्टिङ हुनपुग्छ । गहन रिपोर्टिङ्मा व्यक्तित्वका सूक्ष्मता र नगण्य जस्ता लाग्ने विषय पनि सङ्कलन गरिन्छ । वास्तवमा यस्ता विवरण महत्वपूर्ण र रोचक हुन्छन् । समाचार–कथाको प्रमुख तत्वलाई अगाडि प्रस्तुत गरेर त्यसपछि मात्र घटनाको पुनः वर्णन गरियो भने ‘पानी–घडी’ जस्तो संरचना बन्छ, त्यो पाठकका लागि रुचिकर हुन्छ ।

जटिल समस्या आए अनुवाद गर्नैपर्छ । बिट रिपोर्टिङ्ले पाठक/दर्शक/स्रोताका जटिल समस्याको गाँठो फुकाइदिन्छन् भन्ने अपेक्षा गरिन्छ । त्यसका लागि पत्रकारले अनावश्यक पृष्ठभूमि नहाली आवश्यक विवरण मात्र दिनुपर्छ । मानवीय विवरण समाचार–कथाको मूल मर्म हो । अधिकांशतः स्थानीय वा बिट रिपोर्टहरूमा चित्रित व्यक्ति स्थानीय बासिन्दा हुन्छन् । स्थानीय सहज सार्वजनिक ठाउँहरूमा भेटिने उनीहरूप्रति निकटता देखाउनैपर्छ । सांस्कृतिक अन्तर्दृष्टि अर्को महत्वपूर्ण पक्ष हो । स्थानीय समाचारमार्फत स्थानीय संस्कृतिबारे थाहा पाउने र त्यसलाई विकास गर्ने प्रयास गर्नुपर्छ । यसो गर्दा टाढाका पाठकलाई पनि समाचार–कथाले नजिक ल्याइपु¥याउँछ ।

यसै पनि पत्रकार भनेका पाठक/श्रोता/दर्शकका आँखा हुन् । उनीहरूलाई हेर्ने बनाउनु र उनीहरूकै ठाउँबाट उनीहरूलाई संसार देखाउन सक्नु हरेक लेखकका लागि चुनौती हो । त्यसका लागि विधागत पत्रकार सदैव तम्तयार रहनुपर्छ । यसअलावा, आफ्नो विधाका समाचारलाई आफू संलग्न मिडियाको प्राथमिकतामा माथि पार्नमा विधागत पत्रकारले सदैव ध्यान दिनुपर्छ । समाचार तथा सूचनाका स्रोत हुनसक्ने स्थानीय, प्रादेशिक तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाको सम्पर्क–सूची बनाउनु र तीमार्फत गहिरो समाचार ल्याउनु यसका लागि एउटा उपाय हो । सूचनाको चाङ्बाटै समाचारीय महत्व र प्राथमिकता निर्धारण हुने हो ।

विधागत पत्रकारहरूले स्रोतको पहिचान गर्ने, इन्टरनेटमार्फत समाचार तथा सूचना पत्ता लगाउने तर नचाहिएको सूचनामा बरालिनबाट जोगिनेमा बढी नै ध्यान दिनु पर्छ । त्यसैगरी स्थानीय तथा प्रादेशिक सन्दर्भका सामग्रीलाई राष्ट्रिय महत्वका सामग्रीको रूपमा विकास गर्ने तथा अन्तर्राष्ट्रिय घटनालाई राष्ट्रिय मिडियामा सान्दर्भिक बनाउने अक्कलमा विधागत पत्रकारको खास योगदान हुनसक्छ ।

अन्तर्राष्ट्रिय सूचनाका सही स्रोत थाहा पाउने, अन्तर्राष्ट्रिय र राष्ट्रिय सरकारी तथा गैरसरकारी प्रमुख संस्था पहिचान गरेर सूचनालाई समृद्ध बनाउने, शक्तिशाली व्यक्ति तथा संस्थाको प्रभावबाट मुक्त रहेर नागरिक–केन्द्रित पत्रकारिता गर्ने जस्ता चुनौती पनि विधागत पत्रकारिताको अभ्यासमा निकै आइलाग्छन् । नीतिगत निगरानीका विषय पत्ता लगाउनु, त्यस निम्ति आफ्नो विधाका कानूनी तथा नीतिगत विषय÷व्यवस्थाबारे चाल पाउनु, महत्वपूर्ण प्रतिवेदनहरूबाट समाचारीय महत्वका जानकारी भेट्टाउनु, केलाउनु र आधिकारिता जाँचेर पस्कनु विधागत अभ्यासका रोचक पक्ष हुन् रु कुनै पनि समाचार सामग्रीलाई मूलप्रवाहको अर्थात आम चासोको सामग्री बनाउन सकिने यिनै आधारमा हो ।

यसरी सैद्धान्तिकदेखि अनेक व्यावहारिक पक्षका बीच सफल विधागत पत्रकार बन्नेहरूका लागि मिडिया जगतमा स्थापित हुने अवसर प्रशस्तै देखिन्छन् । विधागत पत्रकारितामार्फत पनि पत्रकारिताको मूल प्रवाहमा स्थापित हुनसक्ने भविष्य मात्र हैन, प्रधान सम्पादक नै बन्न सकिने अवसर देखिइसकेको छ, देखिइरहेको छ । पेशागत नैतिक आचारको प्रतिकूल नहुने गरी सम्मानित वा पुरस्कृत हुने राष्ट्रिय संभावना त छँदैछ, बीट रिपोर्टिङ्मै अन्तर्राष्ट्रिय पुरस्कार पनि उपलब्ध छन् । कोलम्बिया विश्वविद्यालयले सन् १९९१ देखि २००६ सम्म दिएको ‘बिट रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ त्यस्तो सबैभन्दा प्रख्यात पुरस्कार हो । सो पुरस्कार सन् २००७ यता बन्द गरिएको भए पनि ‘स्थानीय रिपोर्टिङ्का लागि पुलिट्जर पुरस्कार’ भित्रै बिट रिपोर्टिङ् समेटिन सक्ने ढोका खुलै छ ।

आवश्यक योग्यता, सीप र जाँगरसहित विधागत पत्रकारिता गर्दा पत्रकार सीमित हैन, धारिलो हुन्छ । त्यस्तो पत्रकारको न त अध्ययनको खोजी आवश्यक हुन्छ, न त उसको सीपका बारेमा प्रश्न गर्ने ठाउँ नै मिल्छ । बरू, ऊ त पत्रकारितामा मात्र नभएर उसको विशिष्टताको क्षेत्रमा समेत प्रतिष्ठित र स्थापित भएर निर्भिक पत्रकारिता गर्न योग्य हुन्छ । यसका लागि पत्रकारको पेशागत सुरक्षा भने आवश्यक हुन्छ । पत्रकारिताको संस्थागत विकासको वातावरण त त्यसको पूर्वशर्त नै हो । त्यसतर्फ अभिमुख हुने उद्देश्यका साथ अग्रसरतापूर्वक सार्थक वहस गर्नु जरुरी छ । अन्यथा पत्रकारको योग्यताको मन्द बहसको बाटोसम्म आइपुगेको नेपाली पत्रकारिता अन्य अपत्रकारीय मन्द विषको प्रभावमा जकडिन पुग्नेछ । त्यसो हुनु श्रम र पूँजीका लगानीकर्ताका लागि मात्र हैन, समग्र समाजकै अग्रगतिका लागि प्रतिकूल हुने पक्का छ ।

लेखक ढुङ्गेल पत्रकारिता र आमसञ्चार क्षेत्रमा सक्रिय छन् । लेख राससबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आखिर मानिस किन बसाइँ सर्छ ?
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 17 Jun 
Nepal Rastra bank
Check: 17 Jun 2024 00:20 UTC
Latest change: 16 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.7
Indian Rupee 
Indian Rupee
83.52
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
157.39
US Dollar 
US Dollar
1
Rastra · USD · 17 Jun 
Nepal Rastra bank
Check: 17 Jun 2024 00:20 UTC
Latest change: 16 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀