अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

alaichie
फुङ्लिङ  । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवारनै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरेका छन् । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले गुनासो सुनाए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन  । ठूलो बगानमा टिपिरहेका उनि तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ । किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।
यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
22 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 May 2025 19:15 UTC
Latest change: 21 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.03up
Indian Rupee 
Indian Rupee
85.6up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.55down
Japanese Yen 
Japanese Yen
143.64down
US Dollar 
US Dollar
1
22 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 May 2025 19:15 UTC
Latest change: 21 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀