भावी पुस्तालाई प्रविधियुक्त बनाउन आवश्यक : राष्ट्रपति पौडेल

भावी पुस्तालाई प्रविधियुक्त बनाउन आवश्यक : राष्ट्रपति पौडेल

President of nepal

राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेका कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपतिले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएकोमा जोड दिए ।

नेपालको लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुआत गर्ने प्राज्ञिक प्रतिष्ठान स्थापना भएकामा खुसी व्यक्त गर्दै राष्ट्रपतिले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताए । केन्द्रले नेपालको प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बन्धी विशिष्टीकृत खोज–अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।

विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि योगदान गर्न आह्वान गरेका छन् । केन्द्र कोरिया सरकारको सहयोगमा निर्माण गरिएको हो । केन्द्रका निम्ति अत्याधुनिक उपकरण पनि कोरियाले नै उपलव्ध गराएको हो । नेपालको प्राविधिक एवं शैक्षिक उन्नयनका निम्ति कोरिया सरकारले निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपतिले केन्द्रका विशिष्टीकृत कक्षको अभिरुचिपूर्वक अवलोकन गरे । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले नवनिर्मित नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर गणतन्त्र कोरिया र नेपालबीचको मैत्रीको प्रतीकका रुपमा रहने विश्वास व्यक्त गरे ।

उनले कोरिया सरकारको सहयोगमा सञ्चालित परियोजनाले प्रविधिको क्षेत्रमा अनुसन्धान र विकास परियोजना सञ्चालन गर्न नेपाललाई सहज हुने विश्वास व्यक्त गरे । गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा सधैँसँगै रहेको बताउँदै कोरियाली राजदूतले नेपाललाई आफ्नो देशले उत्कृष्ट साझेदारको रूपमा लिएर उच्च प्राथमिकतामा राखेकोे बताए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नवनिर्मित भवन ४० करोडमा बनेको तथा २२ करोडका उपकरण केन्द्रमा रहेका जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
09 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 Nov 2025 00:35 UTC
Latest change: 08 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.86
Indian Rupee 
Indian Rupee
88.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
153.03
US Dollar 
US Dollar
1
09 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 Nov 2025 00:35 UTC
Latest change: 08 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀