झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए ।
“सोझै नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”, महामन्त्री शर्माले भने, “माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानुनी व्यवस्था हुनुपर्छ ।” उनले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने बताए ।
साउदी अरबजस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै महामन्त्री शर्माले भने, “त्यहाँ मृत्युदण्डको फैसला भइसकेका व्यक्तिलाई पनि ‘ब्लड मनी’ का आधारमा सजायबाट माफी दिने चलन नभएको होइन । तर, त्यो ‘ब्लड मनी’ स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा राजकीय सत्ताले होइन, पीडित परिवारले निर्णय गर्छ ।”
भ्रष्टाचारविरुद्धको फाइल खोलेर गठबन्धन सरकारले राम्रो कार्य गरेको बताउँदै महामन्त्री शर्माले सरकारले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गरे विरोध जनाउने नीति लिएको स्पष्ट पारे । उनले शिक्षा विधेयकमा सरकारले कमजोरी गरेको हुँदा अब नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिको हुबहु पालना गर्दै संशोधनसहित विधेयक सदनमा ल्याउन सरकारलाई आग्रह गरे ।
सोही कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वी नेपालमा हिंसा र अशान्तिको गन्ध आउन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले कांग्रेस सरकारमा हुँदा मुलुकमा शान्ति स्थापना हुने र सरकारको नेतृत्वमा नहुँदा हिंसाका घटना बढ्ने गरेको जिकिर गरे ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं