नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्। बुधबार जनकपुरान समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्।
त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए। ‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने।
नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए। ‘सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ,’ उनले भने।
नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल समेत गरेका छन्।
उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं