अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो। मिलनकुमार थापा अहिले कोषका सदस्य सचिव छन्।
पक्राउ परेकाहरूमाथि एक करोड १७ लाख १ हजार ७ सय २१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीहरूले १४९१.७१८ ग्राम ९ एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम सुन हिनामिना गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रदीप ढकाल र मिलनकुमार थापाले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनु पर्नेमा त्यसो नगरेको अख्तियारको भनाई छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं