सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेस महामन्त्री थापाको प्रस्ताव

सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेस महामन्त्री थापाको प्रस्ताव

सरकार एक्ला एक्लै चलाऔँ

gagan-thapa-rupantaran

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिएर आफ्ना मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । सरकार चलाउनका लागि भएको सहमती अनुसारको समयसिमामा एक्ला एक्लै सरकार चलाउदा उपयुक्त हुने उनको धारणा छ ।

कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौंमा गरेको विचार गोष्ठीमा थापाले गठबन्धनको सरकार जवाफदेही नहुने स्थिति बनेको भन्दै तत्काल कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका हुन् । त्यसपछिको दुई वर्ष कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ छ ।

उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै २ वर्षपछि काँग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषदबाट काँग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए।

उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल काँग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए। उनले सरकारलाई तलबाट साथ दिने तर कतिपय विषयमा असहमति जनाउन सक्नुपर्ने बताए।

उनले भने, ‘यो दुई, अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने कुरा छ। पहिला प्रचण्डजी प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ। काँग्रेसका मन्त्रीहरु सबै फिर्ता बोलाऔँ। यो दुई अढाइ वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔँ‚ हामी समर्थन गरौँ। यो दुई, अढाई वर्ष मोर्चालाई चलाउन दिऔँ। प्रचण्डजी हुने कि माधव नेपाल हुने उहाँहरु हुनुहुन्छ, हामी समर्थन गरौँ। हामीले असहमति भए असहमति, सहमति भए सहमति जनाउने गरौँ। त्यसपछिको दुई, अढाइ वर्ष काँग्रेसले एक्लै चलाउनुपर्छ, त्यसमा जस भए पनि र अपजस भए पनि त्यो बेला काँग्रेसले लिन्छ।’

महामन्त्री थापाले प्रदेशको लागि बनाउनुपर्ने सबै कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए। उनले नेपालमा प्रदेश नहुँदै गर्दाको जति नै खर्च कम गरेर देखाइदिनुपर्ने बताए।

आफैँ संघीयता भनेर ल्याएर संविधानमा राख्ने र आफैँ काम भएन भन्न नहुने उनले बताए। उनले समानुपातिक निर्वाचन प्रणालीमा दलको नेताको दादागिरी भएको बताए।

उनले भने, ‘हामीसँग ४ वर्ष बाँकी छ‚ मज्जाले काम गर्नुपर्छ। प्रदेशको लागि बनाउनुपर्ने सबै कानून बनाइदिऔँ‚ एकदम सम्पन्न बनाऔँ। खर्चिलो भयो भनेको छ, यसरी काम गरौँ कि नेपालमा प्रदेश नहुँदै गर्दा जति प्रशासनिक खर्च थियो, प्रदेश हुँदै गर्दा त्योभन्दा पनि कम प्रशासकीय खर्च गरेर देखाइदिऔँ। अनि पनि चलाउन सकिएन भने देश र जनताको बीचमा उभिएर भनौँ, हामीले यस्तो यस्तो सोचेर बनाएका थियौँ तर भनेको जस्तो भएन। यो चल्दो रहेनछ‚ हुँदो रहेनछ भनेर त्यो बेलामा भनौँ। निर्वाचन प्रणाली हामीले विस्तृत प्रणाली बनायौँ। समस्या समानुपातिक निर्वाचन प्रणालीमा दलको नेताको दादागिरी छ, जुन बदनियत राख्नुपर्ने ठाउँ भएको छ।’

महामन्त्री थापाले राष्ट्रपतिले संविधान दिवसको अवसरमा दिएको आममाफीको चर्चा चलिरहेको भन्दै ५ वर्षमा ६ हजार ७२ जना मानिसले माफी पाएको बताए।

उनले कानूनको दुरुपयोग गर्ने विषयको सन्दर्भमा अहिलेसम्म बनेको एउटा पनि सरकार चोखो नरहेको जिकिर गरे। उनले नयाँ पार्टी आएको बेलामा झनै रातारात नियमावली नै परिवर्तन भएको दावी गरे।

उनले भने, ‘राष्ट्रपतिले माफी दिनुभएको भन्ने चर्चा चलेको छ। अहिलेसम्म ५ वर्षमा कति भएछ भनेर हेरेको ६ हजार ७२ जना मानिसले माफी पाएका रहेछन्। माफी दिने कुरा कानूनमा पनि व्यवस्था छ तर कानूनको दुरुपयोग गर्ने विषयको सन्दर्भमा अहिलेसम्म बनेको एउटा पनि सरकार चोखो छैन। नयाँ आएको पार्टी भनेको त त्यो आएको बेलामा त झनै रातारात नियमावली नै परिवर्तन भयो। सबै दलले अहिले यो नियम खराब भन्छन्, हामी पनि भनिरहेका छौँ तर उत्तर दिने को हो? को सरकारमा छ सबै छन्, को छन् कोही पनि छैन। २०८० सालमा चलाएको सरकारको उत्तर दिने बेलामा २०८४ मा तपाईंले एक जना पनि भेट्नुहुन्न।’

उनले २०१५ सालमा राजा महेन्द्रले नेपालको संसदीय व्यवस्था अवरुद्ध नगरेको भए आज नेपालमा संवैधानिक राजतन्त्र रहने जिकिर गरे।

नेता अर्जुन नरसिंह केसीले देशमा विधिहीनताले पराकाष्टा नाघेको र भ्रष्टाचार बढिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताए । ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे। केही व्यक्तिलाई मन्त्री बनाउनकै लागि सत्तामा जान जरुरी नभएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
08 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.33down
Indian Rupee 
Indian Rupee
87.66down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.41down
US Dollar 
US Dollar
1
08 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Aug 2025 19:30 UTC
Latest change: 07 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀