पर्वतको कुश्मा स्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जना अझै भेटिएका छैनन् । तीन जनाकै सनाखत भने भएको छ ।
शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का गोपालप्रसाद बस्यालको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३, नौडाँडा घर भएका विजय भन्ने माधव पौडेल र बाग्लुङको ताराखोला ३ का डम्बरबहादुर थापा अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसाललेलाई जानकारी दिए ।
डिएसपी भुसालका अनुसार घटनालगत्तै खोजी कार्य सुरु गरिएकोमा हिजै जीप टुक्रा टुक्रा अवस्थामा मोदीखोला दोभानसम्म छरिएको अवस्थामा भेटिएको थियो । गोपाल बस्यालको शव हिजै भेटिएको थियो । रातभरी खोजी गर्दा पनि अरुको अवस्था पत्ता नलागेको र बिहानैदेखि पुनः खोजीकार्य जारी राखेको हो ।
प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर घटनास्थल लैजाँदै गरेको पनि उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले शव खोजीकार्य जारी राखेको छ ।
चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् । उनले नै घटनामा ३ जना परेको जानकारी प्रहरीलाई दिएका हुन् । चालकका अनुसार एक जना धौलागिरी काउन्टरबाट चढेका हुन् भने २ जना बाटैमा चढेका हुन् । जीप खोलामा आइपुगेपछि पार गर्न खोज्दा नसकेपछि ओर्लिएर जीप ओड लगाउन लाग्दा एक्कासी ग्रेगरसहितको बाढी आएर जीप बगाएको चालकले प्रहरीसामू बयान दिएका छन् । गाडी भित्र रहेका तीन जना पनि सँगै बगेको उनले बताएका छन् । चालक प्रहरी नियन्त्रणमा छन् भने उनी विरुद्ध यात्रुका परिवारले जाहेरी दिएका छन् ।
बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले जीपलाई बगाएको हो ।
भर्खरै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं