आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह

आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह

Doctor andolan

नेपाल सरकारले आन्दोलनरत चिकित्सकहरूलाई बिरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन फिर्ता लिई काममा फर्कन अनुरोध गरेका छन् । बस्नेतले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिँदै चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिएका छन् । अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ, उनले भने, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।

स्वास्थ्य मन्त्रीले चिकित्सक र स्वास्थ्यकर्मी माथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गरे । उनले भने, घटनामा संलग्नलाई कारबाही गर्न मन्त्रालय सुरक्षा प्रशासन प्रयत्नशील छ । आन्दोलनले आमनागरिकमा पर्न गएको समस्याप्रति संवेदनशील बन्न आग्रह गर्दछु ।

आन्दोलनरत आवासीय चिकित्सकहरूले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताए । उनीहरूले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राखेका थिए । समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनएको थिए । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुर्व्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀