देशको राजधानी ब्यस्त सहर, काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन्। एक सातादेखि काठमाण्डौं महानगरपालिकाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका छन् । महानगरको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार, विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले बिरामी बढिरहेका छन्।
कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय सङ्क्रमणका बिरामी बढिरहेका छन् ।
स्वास्थ्य बिभागका प्रमुख पौडेलले जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्ने भएकाले, त्यस बेलासम्म सचेत रहन सबैलाई सुझाव दिएका छन् । तथ्यांकअनुसार अहिले कामपाको विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित छन्। महानगरले समयमा नै पूर्वतयारी गरिएकाले विगत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमितको सङ्ख्या भने कम रहेको बताएको छ । कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ।
महानगरले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेको छ । काठमाण्डौंमा सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देश सहित माइकिङ गर्ने, प्रचार प्रसार गर्ने, वडास्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ।
भर्खरै
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं