डाक्टर कुटिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आज अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो ।
उपचारको क्रममा खटिएका डाक्टरसँग बिरामीको बारेमा बिरामीका आफन्तले छलफल गर्ने क्रममा उनीसँग आएका व्यक्तिले कुटपिट गरेका हुन् । डाक्टरलाई कुट्ने व्यक्ति मालेपाटनका विनय गुरुङ पक्राउ परिसकेका छन् ।
हिजो गम्भीर अवस्थामा ल्याईएका बिरामी भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको र यहि विषयलाई लिएर गुरुङले डाक्टरमाथि कुटपिट गरे । उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् ।
डाक्टर कुटिएको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरु पनि कुट्ने व्यक्तिलाई कारवाहीको माग गर्दै आन्दोलित भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । डाक्टर तथा नर्सको टिमले डाक्टर कुट्ने व्यक्तिलाई जेल चलान गर्नु पर्ने माग राखेका छन् ।
मणिपालमा यस अगाडी पनि करिब ९ महिना अगाडी यस्तै घटना भएको थियो । त्यसबेला डाक्टर कुट्नेलाई माफी दिईएको र माफी दिनु नै गम्भीर गल्ति भएको आन्दोलित एक डाक्टरले बताएका छन् ।
भर्खरै
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं