चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको समृद्धिमा चीन सँधै साथमा रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा राष्ट्रपति सीले नेपालको सम्वन्धलाई आफ्नो मुलुकले ठूलो महत्वका साथ हेरेको र समृद्धिका लागि साथमा रहेका बताएका हुन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीका बीच द्विपक्षीय सम्बन्ध र विकासको रणनीतिका बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताएका छन्। राष्ट्रपति सीले भेटमा नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन्।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीका बीच औपचारिक भेटवार्ता भएको हो।

 
							
भर्खरै
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
दक्षिण कोरियाले गर्यो १० नेपालीलाई निष्कासन
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं