चीनको हाङ्जाओमा १९ औं एसियाली खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार १९औं एसियाली खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति थियो । उक्त प्रतियोगिता २३ सेप्टेम्बरमा सुरु भई ८ अक्टोबरसम्म चल्नेछ । जहाँ ४५ देशका १२ हजार खेलाडी प्रतिस्पर्धाका लागि पुगेका छन् ।
प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् । र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, तीमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ । र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।
२०२२ को सेप्टेम्बरमा तय भएको १९औं एसयाली प्रतियोगिता कोरोना महामारीका कारण अवरुद्ध भई हाल आयोजना गरिएको हो ।
सन् १९५१ मा भारतको नयाँदिल्लीमा पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको छ । उद्घाटन समारोहमा बोल्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उनी अहिलेको समयकै महान र भिजनरी नेता भएको भन्दै प्रशंसा गरेका थिए ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं