विश्वकै वित्तिय राजधानी मानिने न्युयोर्क सिटीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइएको छ । विश्वको ब्यापारिक केन्द्र न्यूयोर्कस्थित वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा नेपाली झण्डा फहराइएको हो । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले नेपाल तथा, नेपाली समुदायको सम्मानमा नेपालको चन्द्र र सुर्य अंकित झण्डा फहराएका हुन् ।
कार्यक्रम न्यूयोर्क सहरका मेयरको कार्यालय, बलिंग ग्रिन पार्क एसोसिएसन, माइनोरिटी इम्पावरमेन्ट, नेपाली महावाणिज्य दूतावास न्यूयोर्क लगायत बिभिन्न संघ सस्थाका नेपालीहरुको प्रत्यक्ष सहभागितामा झण्डा फहराइएको हो ।
कार्यक्रममा बोल्दै मेयर आडम्सले नेपाली समुदायले न्युयोर्क सिटी र अमेरिकामा गरेको योगदानका लागि धन्यवाद दिँदै भने– ‘हामीलाई थाहा छ कि नेपालबाट आएको ठूलो नेपाली समुदाय न्यूयोर्कमा छ, हामी सबै न्यूयोर्कर हौं । उनले नेपालको झण्डा फहराउनु कति महत्वपूर्ण छ भन्ने कुराको महत्वबोध गर्न पाएकोमा खुसी व्यक्त गर्दै, न्यूयोर्क सहरको ११० औं मेयरको हैसियतमा गर्व गर्दछु, भनेका छन्।
उनले सगरमाथाको देश नेपाललाई सम्झदै नेपाली समुदायको योगदानका लागि सम्वद्ध सबैलाई धन्यवाद दिएका छन् । झण्डा फहराउने कार्यक्रम माइनोरिटी इम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधरको मन्तव्यबाट सुरुवात भएको थियो । उनले आफू न्यूयोर्क सिटीभन्दा बस्न मन लाग्ने अर्को ठाउँ नभएको उल्लेख गर्दै आफ्नो कथा सुनाएकी थिईन् । सांस्कृतिक नृत्य प्रस्तुतिको साथ कार्यक्रम गरिएको थियो ।
तस्विर सौजन्य : पत्रकार, प्रदिप थापा परियार

भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं