७८ औं महासभा बैठकलाई सम्बोधन गर्न अमेरिका आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च स्तरीय छलफल (हाइलेबल मिटिङ)लाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको बिषय भित्र केन्द्रित रहेर नेपालको धारणा अन्तर्राष्ट्रिय फोरममा राखेका हुन् ।
प्रधानमन्त्री दाहालले जलवायु परिर्वतन र दिगो बिकास लक्ष्यमा केन्द्रित रहेर धारणा राखेका छन् । उनले विश्वभर विश्वव्यापी विश्वासको संकट रहेको बताउँदै प्रधानमन्त्री दाहालले शान्ति र समृद्धिका लागि विश्व समुदाय एक हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेपाल विश्वमा शान्ति कायम गर्नका लागि प्रतिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
विश्व समुदायका दुई खर्ब भन्दा बढी जनसंख्यालाई शुद्ध पानी पिलाउन सक्ने क्षमता भएको नेपालमा जलवायु परिर्वतनका कारण हिमालहरुमा असर परेको बताएका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रसंघले दिएको लक्ष्य अनुसार सन २०३० सम्म दिगो बिकास लक्ष्य पुरा गर्न कठिन रहेको संकेत गरेका छन् । पछिल्लो कोभिड १९, भौगोलिक कारण लगायतका कारण दिगो बिकास लक्ष्य पुरा गर्न कठिन रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।
बिशेष सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रकृया उत्कष्ठ रहेको उल्लेख गर्दै अब बिकासको लक्ष्य पुरा गर्न अगाडि बढेको जानकारी दिए । प्रधानमन्त्री दाहालले विश्व समुदालाई नेपालमा लगानी गर्न आग्रह समेत गरेका छन् । लामो युद्ध गरेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले युद्धबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको, समावेशी, महिला सहभागिता, विपन्न बर्गको पहुँच लगायतका उपलब्धी भएको बताएका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं