प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो बिकास लक्ष्य हाँसिल गर्न कठिन रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सन् २०३० भित्र लक्ष्य पुरा गर्न पूर्वाधार, खानेपानी र सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानीको अभावका कारण लक्ष्य हासिल गर्न कठिन रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभा अन्तर्गत दिगो विकास लक्ष्यहरू (एसडीजी) लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समयसीमा नजिकिँदै गर्दा कोरोना महामारी, जलवायु परिवर्तन र भूराजनीतिक कारणले दिगो विकासको लक्ष्य पुरा गर्न अप्ठ्यारो रहेको बताए ।
सोमवारको शत्रलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले सन् २०११ को तुलनामा एलडीसी मुलुकको औषत बाह्य ऋण सन् २०२२ मा ४१ प्रतिशतबाट बढेर ५४ प्रतिशत पुगेको बताएका छन् । सोमबारको शत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, न्युयोर्कस्थित नेपालका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा र प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल लगायतका सहभागि भएका छन् ।
राष्ट्रसंघको ७८ औं महासभामा सहभागिता जनाउन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समयअनुसार आइतबार बिहान न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवलाई भेटि सकेका छन्, भने अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं