तीनकुने सामूहिक हत्याकाण्ड: चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले गर्‍यो सार्वजनिक

अपराध

तीनकुने सामूहिक हत्याकाण्ड: चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले गर्‍यो सार्वजनिक

पुरानो दुस्मनीले हत्या

Sanjay_Bhandari_6wr4xyy2UN

काठमाडौं तीनकुने (गैरीगाउँ) स्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भएका र काठमाडौं काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

रिसबी साँध्न आरोपी भण्डारीले नविन भनिने विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेका थिए।

प्रहरीका अनुसार केही समयअघि राईले चलाएको मोटरसाइकल दुर्घटनामा उनी परेका थिए। सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।

उनले दिदिभिनाजुको घरबाट राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको प्रहरीले जनाएको छ । भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि पनि उनी दिदिभिनाजुकैमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्न सक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । सिन्धुपाल्चोकमै उनले ८ कक्षासम्म र काठमाडौमा १२ कक्षासम्म अध्ययन गरेको प्रहरीले जनाएको छ ।

नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्न डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
22 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Aug 2025 19:45 UTC
Latest change: 21 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
139.64up
Indian Rupee 
Indian Rupee
87.23up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
147.92up
US Dollar 
US Dollar
1
22 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Aug 2025 19:45 UTC
Latest change: 21 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀