संबिधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनमा सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको निधन लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संबिधान निमार्ण प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजकीय सम्मान दिने निर्णय गरेको हो ।
संघिय संसदमा शोक व्यक्त गरिने
यस्तै प्रतिनिधि सभाले संबिधान सभा अध्यक्ष एवं सांसद नेम्वाङको निधनमा बिहिवार शोक व्यक्त गर्ने भएको छ । बुधवारका लागि तय भएको बैठक स्थगित गर्दै बिहिवार शोक व्यक्त गर्न बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
एमालेले पार्टीको झण्डा तीनदिन आधा झुकाउने
यस्तै नेकपा एमालेले आफ्ना नेता उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको निधनप्रति सम्मान व्यक्त गर्दै तीनदिन पार्टीको झण्डा आधा झुकाउने र कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । नेकपा एमालेले नेम्वाङको पार्थिव शरिर पार्टी कार्यालयमा राखेको छ । एमालेले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखेको जानकारी दिएको छ ।
नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमा राखिने नेकपा एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
पार्टी नेताहरु अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा लगायतका नेताहरु पार्टी कार्यालय पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङसो र अष्ट्रेलियामा रहेका कान्छा छोरा सुहाङ नेपाल फर्किने क्रममा छन् । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । नेम्वाङका छोरीहरु भने नेपालमै छन् । संबिधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान ह्दयघातका कारण निधन भएको थियो ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं